Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

१४ मंसिर २०८१, शुक्रबार १५:१२

१४ मंसिर,रौतहट। रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ।

गरुडा नपा–२ गेडाहीका देवालाल साहका छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहका छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिए।

आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो।

डुबेका दुवै जना व्यक्तिलाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडामा उपचारको लागि पठाइएको भए पनि दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्