Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार

१५ मंसिर २०८१, शनिबार १५:३२

काठमाडौं। गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्यान्डमा दुई करोड ७० लाख यूराेको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्यान्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

फिनल्यान्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्