Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म पुष्पा २ रिलिजको क्रममा दर्शकहरूबीच भागदौड, एक महिलाको मृत्यु

२० मंसिर २०८१, बिहीबार ०७:१२

नयाँ दिल्ली । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ ।

रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो ।

यसैबीच अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को बुधबार मध्यरात हैदराबादको आरटीसी इन्टरसेक्शनमा रहेको सन्ध्या थिएटरमा प्रिमियर भएकामा भागदौड मच्चिदा फिल्म हलमा चल्नुअघि नै अनिष्ट आइलाग्यो ।

यस प्रिमियरमा अल्लु अर्जुन र रश्मिका मन्डन्ना पनि उपस्थित थिए। आफ्नो मनपर्ने स्टारलाई हेर्न ठूलो संख्यामा मानिसहरु त्यहाँ पुगेपछि भागदौड मच्चिँदा अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

घटनास्थलमै एक महिलाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । तर अहिले अस्पतालमा थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दिलसुखनगर निवासी ३९ वर्षीया रेवती पति भास्कर र दुई छोरासँग स्क्रिनिङमा गएकी थिइन् । रेवती र उनको परिवार थिएटरबाट बाहिर आउँदा भागदौड मच्चियो।

समाचार अनुसार फ्यानहरू अल्लु अर्जुनको झलक हेर्न थिएटरमा पुगे र मानिसहरूलाई बाहिर धकेलाधकेल भएको थियो । यस घटनामा रेवती र उनका छोरा श्री तेज बेहोस हुन पुगेका थिए ।

प्रहरी कर्मचारी र दर्शकहरूले तुरुन्तै रेवती र उनको छोरालाई सीपीआर दिए, जसलाई पछि नजिकैको अस्पताल लगियो। छोरालाई सुपर स्पेशलिटी अस्पतालमा सारिएको थियो, जहाँ उनको अवस्था गम्भीर थियो । तर चोटका कारण रेवतीको पनि मृत्यु भयो । रेवतीको शव पोस्टमार्टमका लागि गान्धी अस्पताल लगिएको छ ।

अहिले अस्पतालमा भर्ना भएका अर्का बिरामीको मृत्यु भएको खबर आएको छ । यसको मतलब यो प्रिमियरमा भएको भागदौडका कारण दुई जनाको ज्यान गएको हो । एक जना घाइते भएका छन् । अल्लु अर्जुन कार्यक्रममा आएको खबर फैलिएपछि स्थिति नियन्त्रण बाहिर गएको प्रत्यक्षदर्शीले बताए । फ्यानहरूले सुपरस्टारको नजिक जान खोज्दा ठूलो भीड जम्मा भयो, जसले अराजकता निम्त्यायो।

प्रतिक्रिया दिनुहोस्