Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

नागा चैतन्य र शोभिताले गरे विवाह

२० मंसिर २०८१, बिहीबार १४:५५

एजेन्सी। दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बुधबार विवाह गरेका हुन्।

चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेका अन्नपूर्ण स्टुडियोमा उनीहरुले परम्परागत विवाह गरेका हुन् ।अभिनेता नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गरेर बधाई दिँदै खुसी व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘शोभिता र चाई(नागा)ले यस सुन्दर अध्यायलाई सँगै शुरु गरेको देख्नु मेरो लागि विशेष र भावनात्मक क्षण हो। बधाई छ मेरी प्यारी चाई र परिवारमा स्वागत छ, प्रिय शोभिता। तिमीले पहिले नै हाम्रो जीवनमा धेरै खुसी ल्याइसकेका छौ।’

हैदरावादस्थित अन्नपूर्ण स्टुडियोमा भएको विवाह समारोहमा राम चरण, नयनतारा, जुनियर एनटीआर, अल्लु अर्जुनलगायतका स्टारहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्