Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

नागा चैतन्य र शोभिताले गरे विवाह

२० मंसिर २०८१, बिहीबार १४:५५

एजेन्सी। दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बुधबार विवाह गरेका हुन्।

चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेका अन्नपूर्ण स्टुडियोमा उनीहरुले परम्परागत विवाह गरेका हुन् ।अभिनेता नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गरेर बधाई दिँदै खुसी व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘शोभिता र चाई(नागा)ले यस सुन्दर अध्यायलाई सँगै शुरु गरेको देख्नु मेरो लागि विशेष र भावनात्मक क्षण हो। बधाई छ मेरी प्यारी चाई र परिवारमा स्वागत छ, प्रिय शोभिता। तिमीले पहिले नै हाम्रो जीवनमा धेरै खुसी ल्याइसकेका छौ।’

हैदरावादस्थित अन्नपूर्ण स्टुडियोमा भएको विवाह समारोहमा राम चरण, नयनतारा, जुनियर एनटीआर, अल्लु अर्जुनलगायतका स्टारहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्