Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

भोलि दृष्यमा सुदूरपश्चिम देखाइँदै

२० मंसिर २०८१, बिहीबार १६:५२

२० मंसिर, धनगढी। सुदूरपश्चिम प्रदेशको सामाजिक तथा पर्यटकीय क्षेत्रहरुको संग्रहित म्युजिक भिडियो संग्रहसहितको “दृष्यमा सुदूरपश्चिम” धनगढीमा शुक्रबार विमोचन हुने भएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिन सफल व्यक्तित्व सम्मानका साथै समृद्ध सुदूरपश्चिमका लागि कला, संस्कृति र पर्यटन भूमिका विषयक अन्तरक्रिया पनि हुने भएको छ ।

एभरेष्ट ग्यालरी प्रा लिको आयोजनामा शुक्रबार धनगढीको फ्लोरा होटेलमा बिहान साढे ८ बजेदेखि हुने उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सामाजिक विकास मन्त्री मेघराज खड्का ,आन्तरिक मामिला मन्त्री हिरा सार्की तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति रहने कार्यक्रम संयोजक सनम कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्