Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

भोलि दृष्यमा सुदूरपश्चिम देखाइँदै

२० मंसिर २०८१, बिहीबार १६:५२

२० मंसिर, धनगढी। सुदूरपश्चिम प्रदेशको सामाजिक तथा पर्यटकीय क्षेत्रहरुको संग्रहित म्युजिक भिडियो संग्रहसहितको “दृष्यमा सुदूरपश्चिम” धनगढीमा शुक्रबार विमोचन हुने भएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिन सफल व्यक्तित्व सम्मानका साथै समृद्ध सुदूरपश्चिमका लागि कला, संस्कृति र पर्यटन भूमिका विषयक अन्तरक्रिया पनि हुने भएको छ ।

एभरेष्ट ग्यालरी प्रा लिको आयोजनामा शुक्रबार धनगढीको फ्लोरा होटेलमा बिहान साढे ८ बजेदेखि हुने उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सामाजिक विकास मन्त्री मेघराज खड्का ,आन्तरिक मामिला मन्त्री हिरा सार्की तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति रहने कार्यक्रम संयोजक सनम कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्