Trending
कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |    
विज्ञान र प्रविधि

सामसङ वान युआई ७ बेटा घोषणा

२२ मंसिर २०८१, शनिबार ०३:५४

काठमाडौँ। सामसङ नेपालले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वानयुआई ७ बेटा प्रोग्राम घोषणा गरेको छ ।

इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलांग लिएको कम्पनीको भनाई छ । पहिले भन्दा बढि व्यक्तिगतताको लागि अपग्रेड गरिएको मोबाइल यूजर एक्सपिरिएन्सको पहिलो झलक बेटा प्रोग्रामले प्रदान गरेको छ ।

एडभन्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान युआई ७ ले बलियो अपडेटहरू ल्याएको छ । एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरु बिच स्विच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमता दिएको छ । यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालित रूपमा बुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दै।

एआईबाट थप सहज युजर एक्सपिरिएन्सहरू

एडभान्स लेखन सहायक टुलहरू (राइटिंग अशिष्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान युआई ७ बलियो अपडेटसहित आएको छ । एआई ओएससँग एकीकृत एप्लिकेसन स्विच बिना नै टेक्स्टहरू चयन गर्ने क्षमता यो फोनमा छ ।

ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न र स्वचालित रूपमा बुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू दिएको छ ।

वान युआई ७ को साथ अपग्रेड गरिएका कल सुविधाहरूले २० भाषाहरूमा कल ट्रान्सक्रिप्टहरू मार्फत सञ्चार र जडान सुविधा दिएको छ । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालित रूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ जसले धेरै किसिमका काम गर्न म्यानुअल चार्ज तिर्नु पर्दैन ।

नयाँ र बोल्ड डिजाइन

डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएका छन् । यसमा इन्टरप्रेटर, सङ्गीत, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधाहरूमा सान्दर्भिक गतिविधिहरू हाइलाइट गर्ने बार पनि समावेश छ ।

महत्त्वपूर्ण सूचनाहरूमा तत्काल पहुँच प्रदान गर्न नाउ बारले डिभाइसलाई निरन्तर अन लक गर्ने आवश्यकतालाई कम गर्छ र प्रयोगकर्ताहरूलाई मुख्य जानकारीहरूसँग सहजै संलग्न हुन दिन्छ । आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसहरूमा सपोर्ट हुने नाउ बारले लक स्क्रिन एक्सपिरिएन्सलाई रूपान्तरण गर्नेछ, जुन भविष्यमा थप बौद्धिक अनुभवहरूका साथ विकसित हुँदै जानेछ ।

वान युआई ७को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ, र २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई क्षमताहरू समावेश हुनेछ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरु बिस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने छन् ।

प्रतिक्रिया दिनुहोस्