Trending
एन्फाले तोक्यो निर्वाचनको मिति     |     टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा     |     दोस्रो पावर तेक्वान्दोको तयारी पूरा     |     चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम     |     पेट्रोल र डिजेलको मूल्य घट्यो     |     पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन     |     आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |    
कला र मनोरन्जन

२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म

३० मंसिर २०८१, आईतवार ११:३०

मुम्बइ। अल्लु अर्जुनको फिल्म ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ ।

फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल र जगपति बाबु मुख्य भूमिकामा छन्। सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ।

अल्लुको फिल्मले १० औं दिन विश्वभर ८२ करोड ५६ लाख भारु कमाएको र अहिलेसम्म फिल्मको विश्वव्यापी कलेक्सन १ हजार २१८ करोड ४१ लाख भारु पुगेको बताएका छन् ।

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ले शाहरुख खानको सर्वाधिक कमाउने फिल्म ‘जवान’को लाइफटाइम कमाईको रेकर्ड तोडेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२३ मा रिलिज भएको ‘जवान’ले विश्वभर १ हजार १४८ करोड ३२ लाख भारु कलेक्सन गरेको थियो । ‘पुष्पा २ः द रुल’ ले प्रदर्शनको १० औं दिनमा जवानको यो रेकर्ड तोडेको छ ।

२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म

‘पुष्पा २ः द रुल’ यस वर्षको अहिलेसम्मको अवधिमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्ममा रश्मिका मन्डना, फहद फाजिल, जगपति बाबु, सुनील र राव रमेश जस्ता कलाकारको महत्वपूर्ण भूमिका रहेको छ । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । यसअघि २०२१ मा फिल्मको पहिलो पार्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्