Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म

३० मंसिर २०८१, आईतवार ११:३०

मुम्बइ। अल्लु अर्जुनको फिल्म ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ ।

फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल र जगपति बाबु मुख्य भूमिकामा छन्। सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ।

अल्लुको फिल्मले १० औं दिन विश्वभर ८२ करोड ५६ लाख भारु कमाएको र अहिलेसम्म फिल्मको विश्वव्यापी कलेक्सन १ हजार २१८ करोड ४१ लाख भारु पुगेको बताएका छन् ।

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ले शाहरुख खानको सर्वाधिक कमाउने फिल्म ‘जवान’को लाइफटाइम कमाईको रेकर्ड तोडेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२३ मा रिलिज भएको ‘जवान’ले विश्वभर १ हजार १४८ करोड ३२ लाख भारु कलेक्सन गरेको थियो । ‘पुष्पा २ः द रुल’ ले प्रदर्शनको १० औं दिनमा जवानको यो रेकर्ड तोडेको छ ।

२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म

‘पुष्पा २ः द रुल’ यस वर्षको अहिलेसम्मको अवधिमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्ममा रश्मिका मन्डना, फहद फाजिल, जगपति बाबु, सुनील र राव रमेश जस्ता कलाकारको महत्वपूर्ण भूमिका रहेको छ । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । यसअघि २०२१ मा फिल्मको पहिलो पार्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्