Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

अस्कर दौडबाट बाहिरियो ‘शाम्बाला’

३ पुष २०८१, बुधबार १२:५८

काठमाडौँ। ९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्।

नेपालबाट सिफारिस भएको चलचित्र ९७ औँ ओस्कार अवार्डबाट सर्टलिस्टमा नपरेपछि बाहिरिएको हो । मिनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘साम्बाला’ले श्रीमानको खोजीमा निस्कने गर्भवती महिलाको यात्राको कथा भन्छ ।

समुद्री सतहबाट चार हजार २०० देखि ६ हजार मिटरको उचाइमा खिचिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ ।

यो वर्ष गायिका सेलेना गोमेज अभिनित ‘इमिलिया परेज’ ६ विधामा छनोट भएको छ । युनिभर्सल पिक्चर्सले निर्माण गरेको ‘विक्ड’ले भने ४ विधा समेटिएको छ ।

अस्करले एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट, इन्टरनेसनल फिचर, लाइभ एक्सन सर्ट, मेकअप, हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, ओरिजिनल सङ, साउन्ड र भिजुअल इफेक्ट्स विधामा फिल्महरूको सूची सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्