Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
कला र मनोरन्जन

अस्कर दौडबाट बाहिरियो ‘शाम्बाला’

३ पुष २०८१, बुधबार १२:५८

काठमाडौँ। ९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्।

नेपालबाट सिफारिस भएको चलचित्र ९७ औँ ओस्कार अवार्डबाट सर्टलिस्टमा नपरेपछि बाहिरिएको हो । मिनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘साम्बाला’ले श्रीमानको खोजीमा निस्कने गर्भवती महिलाको यात्राको कथा भन्छ ।

समुद्री सतहबाट चार हजार २०० देखि ६ हजार मिटरको उचाइमा खिचिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ ।

यो वर्ष गायिका सेलेना गोमेज अभिनित ‘इमिलिया परेज’ ६ विधामा छनोट भएको छ । युनिभर्सल पिक्चर्सले निर्माण गरेको ‘विक्ड’ले भने ४ विधा समेटिएको छ ।

अस्करले एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट, इन्टरनेसनल फिचर, लाइभ एक्सन सर्ट, मेकअप, हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, ओरिजिनल सङ, साउन्ड र भिजुअल इफेक्ट्स विधामा फिल्महरूको सूची सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्