Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘पुष्पा २’ ले १२ दिनमा कति कमायो ?

३ पुष २०८१, बुधबार १३:०५

मुम्बई। दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको नयाँ चलचित्र ‘पुष्पा २ः द रुल’ को व्यापारमा झन फाईदा पुगेको छ ।

चलचित्रले सोमबारसम्म घरेलु बक्स अफिसमा ९०० करोडको आँकडा पार गरिसकेको छ । यो संगै पुष्पा २ ले कमाईको हिसावले अहिलेसम्म केजीएफ च्याप्टर २ सहित भारतीय चलचित्रले स्वदेशी बक्स अफिसमा बनाएको सबै व्यबसायिक रेकर्ड तोडेको छ ।

कन्नड चलचित्रका सुपरस्टार एसको ब्लकबस्टर चलचित्र केजीएफ च्याप्टर२ ले भारतमा कुल ८५९.७ करोडको कीर्तिमानी व्यापार गरेको थियो । रिलिज भएको १२ दिनमा ९२९.२५ करोडको व्यापार गर्दै अल्लु अर्जुनको पुष्पा २ ले केजीएफ च्याप्टर २ को व्यापारलाई पछि पारेको हो ।

पुष्पा २ ले १२ औं दिनमा २७.७५ करोडको व्यापार भारतमा गरेको छ । योसँगै पुष्पा २ को हालसम्मको भारतमा १२ दिनमा ग्रस व्यापार ९२९.२५ करोड पुगेको छ । पुष्पा २ ले १२ दिनमा तेलुगुमा २८७.०५ करोड, हिन्दीमा ५७३.१ करोड, तमिलमा ४९.४ करोड, कन्नडमा ६.७ करोड र मलयालममा १३.६ करोड कमाएको छ । यो संगै हिन्दी भाषामा सबैभन्दा बढी कमाई गर्ने चलचित्र स्त्री २ पछि पुष्पा २ दोश्रो स्थानमा रहेको छ । पुष्पा २ मा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फाजिलको महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रले दर्शकको सुरुको दिनबाटै उस्तै माया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्