Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘पुष्पा २’ ले १२ दिनमा कति कमायो ?

३ पुष २०८१, बुधबार १३:०५

मुम्बई। दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको नयाँ चलचित्र ‘पुष्पा २ः द रुल’ को व्यापारमा झन फाईदा पुगेको छ ।

चलचित्रले सोमबारसम्म घरेलु बक्स अफिसमा ९०० करोडको आँकडा पार गरिसकेको छ । यो संगै पुष्पा २ ले कमाईको हिसावले अहिलेसम्म केजीएफ च्याप्टर २ सहित भारतीय चलचित्रले स्वदेशी बक्स अफिसमा बनाएको सबै व्यबसायिक रेकर्ड तोडेको छ ।

कन्नड चलचित्रका सुपरस्टार एसको ब्लकबस्टर चलचित्र केजीएफ च्याप्टर२ ले भारतमा कुल ८५९.७ करोडको कीर्तिमानी व्यापार गरेको थियो । रिलिज भएको १२ दिनमा ९२९.२५ करोडको व्यापार गर्दै अल्लु अर्जुनको पुष्पा २ ले केजीएफ च्याप्टर २ को व्यापारलाई पछि पारेको हो ।

पुष्पा २ ले १२ औं दिनमा २७.७५ करोडको व्यापार भारतमा गरेको छ । योसँगै पुष्पा २ को हालसम्मको भारतमा १२ दिनमा ग्रस व्यापार ९२९.२५ करोड पुगेको छ । पुष्पा २ ले १२ दिनमा तेलुगुमा २८७.०५ करोड, हिन्दीमा ५७३.१ करोड, तमिलमा ४९.४ करोड, कन्नडमा ६.७ करोड र मलयालममा १३.६ करोड कमाएको छ । यो संगै हिन्दी भाषामा सबैभन्दा बढी कमाई गर्ने चलचित्र स्त्री २ पछि पुष्पा २ दोश्रो स्थानमा रहेको छ । पुष्पा २ मा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फाजिलको महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रले दर्शकको सुरुको दिनबाटै उस्तै माया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्