Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

हलमा लागे ‘देववाणी’ र बलिउडको ‘बेबी जोन’

१० पुष २०८१, बुधबार ०७:०३

काठमाडौँ। क्रिसमस अवसरमा बुधबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली भाषाको ‘देववाणी’ र हिन्दी फिल्म ‘बेबी जोन’ छन् ।

एक्सन र ड्रामा जनरामा बनेको फिल्म नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन भएको हो। देशकै ठुला मल्टिप्लेक्स हल क्यूएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मको सो छ।

फिल्ममा सुनिल थापा, नव(कलाकार कुन्दन भारद्धाज, अनुजा लेप्चा, रवीन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ।

सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायांकन गरिएको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन्। मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीत छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्