Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

हलमा लागे ‘देववाणी’ र बलिउडको ‘बेबी जोन’

१० पुष २०८१, बुधबार ०७:०३

काठमाडौँ। क्रिसमस अवसरमा बुधबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली भाषाको ‘देववाणी’ र हिन्दी फिल्म ‘बेबी जोन’ छन् ।

एक्सन र ड्रामा जनरामा बनेको फिल्म नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन भएको हो। देशकै ठुला मल्टिप्लेक्स हल क्यूएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मको सो छ।

फिल्ममा सुनिल थापा, नव(कलाकार कुन्दन भारद्धाज, अनुजा लेप्चा, रवीन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ।

सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायांकन गरिएको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन्। मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीत छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्