Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

सोनु निगमले गरे पशुपतिनाथको दर्शन

११ पुष २०८१, बिहीबार ०९:१३

काठमाडौं। सांगीतिक कार्यक्रमका लागि नेपाल आइपुगेका भारतीय गायक सोनु निगमले विहीबार पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । प्राप्त तस्वीरमा उनलाई मन्दिर दर्शनपछि फर्किंदै गरेको देख्न सकिन्छ ।

क्रिसमसका अवसरमा उनले बुधबार साँझ १२ हजार दर्शकको अगाडि नेपालमा पहिलो पटक ‘सोनु निगम लाइभ इन नेपाल’मार्फत् प्रस्तुति दिएका थिए। निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।

प्रहरी सुरक्षाबीच मन्दिरमा पुगेका गायक निगम ब्याण्डका अन्य सदस्यसहित पशुपति पुगेका थिए । उनलाई नेपाल टचले क्रिसमस कन्सर्टको लागि काठमाडौंमा ल्याएको हो । बुधबार बेलुका हायात रिजेन्सीको चौरमा भव्य सांगीतिक प्रस्तुति दिएका थिए जहाँ १० हजार दर्शक सहभागि रहेको आयोजकको दावी छ ।

काठमाडौं कन्सर्टमा निगमले आफूले गाएका चर्चित नेपाली र हिन्दी गीतमा दर्शकलाई मनोरञ्जन दिए । निगम विहिबार बेलुका दिल्ली फर्किँदैछन् ।

प्रतिक्रिया दिनुहोस्