Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

सोनु निगमले गरे पशुपतिनाथको दर्शन

११ पुष २०८१, बिहीबार ०९:१३

काठमाडौं। सांगीतिक कार्यक्रमका लागि नेपाल आइपुगेका भारतीय गायक सोनु निगमले विहीबार पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । प्राप्त तस्वीरमा उनलाई मन्दिर दर्शनपछि फर्किंदै गरेको देख्न सकिन्छ ।

क्रिसमसका अवसरमा उनले बुधबार साँझ १२ हजार दर्शकको अगाडि नेपालमा पहिलो पटक ‘सोनु निगम लाइभ इन नेपाल’मार्फत् प्रस्तुति दिएका थिए। निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।

प्रहरी सुरक्षाबीच मन्दिरमा पुगेका गायक निगम ब्याण्डका अन्य सदस्यसहित पशुपति पुगेका थिए । उनलाई नेपाल टचले क्रिसमस कन्सर्टको लागि काठमाडौंमा ल्याएको हो । बुधबार बेलुका हायात रिजेन्सीको चौरमा भव्य सांगीतिक प्रस्तुति दिएका थिए जहाँ १० हजार दर्शक सहभागि रहेको आयोजकको दावी छ ।

काठमाडौं कन्सर्टमा निगमले आफूले गाएका चर्चित नेपाली र हिन्दी गीतमा दर्शकलाई मनोरञ्जन दिए । निगम विहिबार बेलुका दिल्ली फर्किँदैछन् ।

प्रतिक्रिया दिनुहोस्