Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज (भिडिओ)

१४ पुष २०८१, आईतवार १३:४२

काठमाडौं। हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज भएको छ । सिनेमाले परिवारको प्रिय कुकुरको दुःखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ ।

आज सार्वजनिक गरिएको टिजरले सिनेमाले दर्शकलाई अपेक्षा अनुसारको हरर अनुभव दिने देखाएको छ। माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ ।

सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ ।

समर डेब्यू निर्देशक हुन् ।सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारीनिर्मातामा सुमन कोइराला रहेका छन् । ‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पार्श्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आर पि रंग संमयोजनमा दिपेश चौधरीतथा संगीतकारमा एसडी योगी रहेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्