Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म ‘कार्साङ’ को अग्रिम बुकिङ खुला

२४ पुष २०८१, बुधबार १२:०४

काठमाडौं। आगामी शुक्रबारबाट रिलिज हुने फिल्म हो ‘कार्साङ’ । फिल्मको अग्रिम बुकिङ खुल्ला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’ को अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

शुक्रबारबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।

देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले २८ शो उपलब्ध गराएको छ । रिलिजको पहिलो दिन नै १३० शो पाउनु राम्रो हो। यदि चलचित्रको वर्ड अफ माउथ बलियो भएमा शो थपिँदै जाने हो ।

यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले यो चलचित्रलाई आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ । त्यसैगरी, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले पनि ६-६ शो उपलब्ध गराएका छन् । बिग मुभिज र वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित चलचित्र हो । २ घन्टा ५ मिनेटको चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्