Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

फिल्म ‘कार्साङ’ को अग्रिम बुकिङ खुला

२४ पुष २०८१, बुधबार १२:०४

काठमाडौं। आगामी शुक्रबारबाट रिलिज हुने फिल्म हो ‘कार्साङ’ । फिल्मको अग्रिम बुकिङ खुल्ला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’ को अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

शुक्रबारबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।

देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले २८ शो उपलब्ध गराएको छ । रिलिजको पहिलो दिन नै १३० शो पाउनु राम्रो हो। यदि चलचित्रको वर्ड अफ माउथ बलियो भएमा शो थपिँदै जाने हो ।

यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले यो चलचित्रलाई आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ । त्यसैगरी, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले पनि ६-६ शो उपलब्ध गराएका छन् । बिग मुभिज र वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित चलचित्र हो । २ घन्टा ५ मिनेटको चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्