Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

चलचित्र ‘ममी’को नयाँ पोस्टर सार्वजनिक

२६ पुष २०८१, शुक्रबार ०९:००

काठमाडौं।  समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रित भावमा केही हेरिरहेकी छिन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ ।

कार्कीको चरित्र पोस्टरमा डरको भावमा हेरिरहेको देखिन्छ । छेउमा कालो बिरालो चित्रित छ । ‘माला’ र ‘चि मुसी चि’पछि प्रियंकाको यो तेस्रो हरर फिचर हो । पोस्टरमा प्रियंका पछाडिको पुरानो भित्तामा झुण्डिएको रक्ताम्मे पोस्टरमा सुलक्षण भारती, आयुषी ढकाल र जेभिस श्रेष्ठलाई देख्न सकिन्छ ।

दर्शकमा हरर फिल्मप्रतिको मनोविज्ञान सिर्जना गर्न पोस्टर प्रभावकारी हुने निर्माताको भनाइ छ । केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा प्रियंकाले दर्शक नहाँस्ने ढंगले फिल्म बनाउन आफूले निर्मातालाई भनेको बताएकी थिइन् । जसको कारण पनि यो फिल्ममा मेकरले तर्साउन प्रयत्न गरेको बुझिन्छ ।

हरर फ्यामिली ड्रामा बताइएको फिल्ममा दीया मास्के, समीप निरौला, घनश्याम जोशी र गीत विष्टको पनि अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मको पटकथा समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्