Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

फिल्म ‘महाराजधिराज’ को फस्ट लुक सार्वजनिक

१ माघ २०८१, मंगलवार ०८:०८

काठमाडौं। माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको प्रस्तुति रहेको फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौँ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा दुई जना कलाकार देखिएका छन् । एक जना राजर्षि पहिरनमा रहेको देखिन्छन् भने अर्का व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ ।

यस पोस्टरमा अभिनेता पल शाहको दुई फरक लुक देख्न सकिन्छ । एक लुकमा उनी राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन् । उनी अर्को लुकमा अगाडि कुर्सीमा बसेका ‘न्युड’ अवस्थामा प्रस्तुत छन् । पोस्टरमा देखिएका उनको क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले चलचित्र ‘महाराजधिराज’ आगामी वर्ष २०८२ सालको फूलपातीमा प्रदर्शन गरिने जानकारी दिए । यस चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् । निर्देशक परिच्छेद सेनकै लेखन रहने यस फिल्मलाई टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबी खड्काले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्