Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म ‘महाराजधिराज’ को फस्ट लुक सार्वजनिक

१ माघ २०८१, मंगलवार ०८:०८

काठमाडौं। माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको प्रस्तुति रहेको फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौँ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा दुई जना कलाकार देखिएका छन् । एक जना राजर्षि पहिरनमा रहेको देखिन्छन् भने अर्का व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ ।

यस पोस्टरमा अभिनेता पल शाहको दुई फरक लुक देख्न सकिन्छ । एक लुकमा उनी राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन् । उनी अर्को लुकमा अगाडि कुर्सीमा बसेका ‘न्युड’ अवस्थामा प्रस्तुत छन् । पोस्टरमा देखिएका उनको क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले चलचित्र ‘महाराजधिराज’ आगामी वर्ष २०८२ सालको फूलपातीमा प्रदर्शन गरिने जानकारी दिए । यस चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् । निर्देशक परिच्छेद सेनकै लेखन रहने यस फिल्मलाई टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबी खड्काले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्