Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या

११ माघ २०८१, शुक्रबार ०३:५५

११ माघ, जाजरकोट। जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका–७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो ।

बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो । परिवारले राति १० बजे मात्रै फेला पारेका थिए ।

बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका–६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्