Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
खेलकुद

ज्ञान संस्कार बास्केटबलमा पारामाउन्ट र न्युटनको विजयी सुरुआत

११ माघ २०८१, शुक्रबार १३:२७

११ माघ, काठमाडौँ। पारामाउन्ट एकेडेमी र न्युटनले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज शुक्रबार विजयी सुरुआत गरेके छन् ।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा पारामाउन्ट ज्ञान संस्कारलाई २७–२० ले पराजित भएको छ ।पारामाउन्टको जितमा सुशान्त थापाले ६ अंक योगदान गरे । आशिष राईको १० अंक सहयोगमा न्युटनले नेचरलाई ३०–२३ ले हरायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले ह्वाइट माउन्टेनलाई ३९–२४, संस्कृतिले फ्युजन एकेडेमीलाई २५–१४, एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३०–२५, भ्याली पब्लिकले किङडमलाई ३४–२४ र ग्रिनल्यान्डले बसन्त ऋतुलाई २४–१५ ले पाखा लगाए । एन्जल्स हार्टका आकाश घलेले १६, संस्कृतिका अध्याय ठकुरीले ११, एचएचसीएका विशाल नगरकोटीले १८ र भ्याली पब्लिकका अशोक विश्वकर्माले १३ र ग्रिनल्यान्डका राहुल ठगुन्नाले ११ स्कोर गरे ।

जुनियर गल्र्समा टीआईएले एन्जल्स नेसनल स्कुललाई १०–५, बौद्ध चिल्ड्रेन हेभेनले ग्रिनल्यान्डलाई ४१–३३, केभीकेएसएसले ज्ञान संस्कारलाई १६–१०, इबीएले रिब्सलाई ९–३ र भ्याली पब्लिकले न्युटनलाई १९–१५ ले पन्छाए । टीआईएकी शुभश्री सुमनले ८, बौद्धकी जस्मिन गुरुङले १६, केभीकेएसएसकी खुशी मिटोकले ८, इबीएकी अनामिका पटेलले ५ र भ्याली पब्लिककी सोनीमाया तामाङले ९ अंक बटुलेको छ ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ १८ गतेसम्म च जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्