Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री

२२ माघ २०८१, मंगलवार ०८:११

२२ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए।

उनले नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीयरुपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुुलित खाना खाएर स्वस्थ्य रहन सबैमा आग्रह गरेका छन्।

उनले उच्चमनोबल र साझा प्रयासबाट कोभिड–१९ को महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरु वञ्चित नहुुन् भन्ने कामना गरेका छन्।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन भएको छ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्