Trending
एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |    
समाचार

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छ : कांग्रेस प्रमुख सचेतक

२४ माघ २०८१, बिहीबार ०७:१९

२४ माघ, काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संघीय संसद्को दुवै सदनका सदस्यहरूलाई मोबाइल फोनमा ‘म्यासेज’ गरेर अध्यादेशहरूको पक्षमा उभिन ‘ह्वीप’ लगाएका हुन् ।

प्रतिनिधि सभामा सत्तारुढ दल कांग्रेसलाई अध्यादेश स्वीकृत गराउन कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक रहेको छ । संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।

कांग्रेस प्रमुख सचेतकले सांसदहरुलाई पठाएको म्यासेजमा भनिएको छ, ‘आज २४ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो व्हिप जारी गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्