Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
समाचार

प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता

२५ माघ २०८१, शुक्रबार १०:३९

२५ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टिकटकरहरु मिस पवि र अंशु वर्माले नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा ल्याएकामा धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उनीहरुले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको बताएका हुन् । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलेको सरकारले बन्द गरेजस्तो आदेशका भरमा आफूहरु सामाजिक सञ्जाल बन्द नगर्ने स्पष्ट गर्दै सार्वभौम संसद्ले बनाउने कानुनबमोजिम सञ्जाललाई व्यवस्थित गर्ने विश्वास दिलाए ।

अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्