Trending
एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य     |     चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक     |     सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता     |     घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |    
समाचार

शंकर पोख्रेललाई नेता थापाको काउन्टर : जबजले दुई दलीय व्यवस्थालाई स्विकार्दैन

२८ माघ २०८१, सोमबार ११:४०

२८ माघ, काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले वकालत गर्दै आएको दुई दलीय व्यवस्थाप्रति संकेत गर्दै जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन व्यवस्थालाई स्विकार्न नसक्ने बताएका छन् ।

पार्टी महासचिव शंकर पोखरेलले दुईदलीय व्यवस्थामा मुलुक जानुपर्ने बताउँदै राजनीतिक ध्रुवीकरणको निम्तो दिइरहेका बेला थापाले उनलाई चुनौती दिएका हुन्। पोखरेलले आइतबार मात्रै सामाजिक सञ्जालमार्फत् नै राजनीतिक ध्रुवीकरणको खाँचो रहेको बताएका थिए।

फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्–

जनताको बहुदलिय जनवादले एक दलिय , दुई दलिय वा दलविहिन व्यवस्थालाई स्वीकार्दैन । समाजमा रहेको बहुलतालाई स्वीकार्दै बर्गस्थितिका आधारमा बनेका दलहरुका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्दछ । दलहरुले जनविश्वास प्राप्त गर्नको लागि जनतालाई अपिलसम्म गर्न सक्दछन् । जनता नै अन्तिम निर्णायक शक्ति हुन जसले दलहरुको स्थान तोकिदिन्छन । जबजको मान्यताका अनुसार जनवादी राज्य सत्ता हुदै समाजवादको विकासको अन्तिमचरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिनेछ । यस राजनीतिक प्रतिवद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको हो । जसका कारणले जनताद्धारा व्यापक समर्थन प्राप्त भएको हो । एमालेको सम्पूर्ण पंत्ति जबजको मार्गदर्शनमा चल्नु पर्दछ । पाँचौ राष्टिय महाधिबेशनदेखि दशौ राष्टिय महाधिवेशनको फैसलालाई आत्मसात गर्नु पर्दछ । कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनु पर्दछ । ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी विश्वदृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको त कल्पना पनि गर्न सकिदैन । सबै स्पष्ट हौ, जबजको मान्यतालाई कसिलो गरी समातौ ।

प्रतिक्रिया दिनुहोस्