Trending
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने     |     ‘विकृति’ शब्द प्रयोगप्रति आपत्ति : समलिङ्गी विवाह कानुनी दर्ता भइरहेका बेला घृणाजन्य भाषाको विरोध     |     ‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक     |     केही भूभागमा हावाहुरीसहित भारी वर्षाको सम्भावना     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित     |     सीजी मोटर्सको अफर : अब ९.९९ लाख डाउन पेमेन्टमै रिडारा आरडी–६ ईभी पिकअप     |     टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर     |     देशका ठूला दलहरू वैचारिक संकटमा छन् : अध्यक्ष दाहाल     |     कांग्रेस नेता तथा गण्डकीका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन     |    
समाचार

शंकर पोख्रेललाई नेता थापाको काउन्टर : जबजले दुई दलीय व्यवस्थालाई स्विकार्दैन

२८ माघ २०८१, सोमबार ११:४०

२८ माघ, काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले वकालत गर्दै आएको दुई दलीय व्यवस्थाप्रति संकेत गर्दै जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन व्यवस्थालाई स्विकार्न नसक्ने बताएका छन् ।

पार्टी महासचिव शंकर पोखरेलले दुईदलीय व्यवस्थामा मुलुक जानुपर्ने बताउँदै राजनीतिक ध्रुवीकरणको निम्तो दिइरहेका बेला थापाले उनलाई चुनौती दिएका हुन्। पोखरेलले आइतबार मात्रै सामाजिक सञ्जालमार्फत् नै राजनीतिक ध्रुवीकरणको खाँचो रहेको बताएका थिए।

फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्–

जनताको बहुदलिय जनवादले एक दलिय , दुई दलिय वा दलविहिन व्यवस्थालाई स्वीकार्दैन । समाजमा रहेको बहुलतालाई स्वीकार्दै बर्गस्थितिका आधारमा बनेका दलहरुका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्दछ । दलहरुले जनविश्वास प्राप्त गर्नको लागि जनतालाई अपिलसम्म गर्न सक्दछन् । जनता नै अन्तिम निर्णायक शक्ति हुन जसले दलहरुको स्थान तोकिदिन्छन । जबजको मान्यताका अनुसार जनवादी राज्य सत्ता हुदै समाजवादको विकासको अन्तिमचरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिनेछ । यस राजनीतिक प्रतिवद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको हो । जसका कारणले जनताद्धारा व्यापक समर्थन प्राप्त भएको हो । एमालेको सम्पूर्ण पंत्ति जबजको मार्गदर्शनमा चल्नु पर्दछ । पाँचौ राष्टिय महाधिबेशनदेखि दशौ राष्टिय महाधिवेशनको फैसलालाई आत्मसात गर्नु पर्दछ । कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनु पर्दछ । ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी विश्वदृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको त कल्पना पनि गर्न सकिदैन । सबै स्पष्ट हौ, जबजको मान्यतालाई कसिलो गरी समातौ ।

प्रतिक्रिया दिनुहोस्