Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

मेयर बालेनको स्वरमा चलचित्र ‘लाज शरणम्‌’ को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक

२८ माघ २०८१, सोमबार ११:५१

काठमाडौँ। चलचित्र लाज शरणम्को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको यो गीत सोमबार दिउँसो रिलिज गरिएको हो।

बालेनकै शब्द, संगीत र र्‍याप रहेको गीत आज सार्वजनिक भएको हो । बालेनले उक्त गीत ५ बर्ष अघिनै निकालेका थिए तर उक्त गीतको भिडियो भने थिएन । अहिले लाज शरणम् टिमले ‘प्रमोसनल सङ’ का रूपमा पुनः बालेनलाइ गाउन लगाएर गीत सार्वजनिक गरेको हो ।

हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा देखिनेछन् भने निर्देशन कुमार कट्टेलले गरेका छन्।

चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको यो चलचित्र नवीन श्रेष्ठले निर्माण गरेका हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन्।

फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनको तयारीमा रहेको लाज शरणम् टिमले केही दिनअघि मात्र हेर्दा हेर्दैमा… बोलको गीत सार्वजनिक गरिसकेको छ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्