Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

मेयर बालेनको स्वरमा चलचित्र ‘लाज शरणम्‌’ को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक

२८ माघ २०८१, सोमबार ११:५१

काठमाडौँ। चलचित्र लाज शरणम्को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको यो गीत सोमबार दिउँसो रिलिज गरिएको हो।

बालेनकै शब्द, संगीत र र्‍याप रहेको गीत आज सार्वजनिक भएको हो । बालेनले उक्त गीत ५ बर्ष अघिनै निकालेका थिए तर उक्त गीतको भिडियो भने थिएन । अहिले लाज शरणम् टिमले ‘प्रमोसनल सङ’ का रूपमा पुनः बालेनलाइ गाउन लगाएर गीत सार्वजनिक गरेको हो ।

हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा देखिनेछन् भने निर्देशन कुमार कट्टेलले गरेका छन्।

चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको यो चलचित्र नवीन श्रेष्ठले निर्माण गरेका हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन्।

फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनको तयारीमा रहेको लाज शरणम् टिमले केही दिनअघि मात्र हेर्दा हेर्दैमा… बोलको गीत सार्वजनिक गरिसकेको छ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्