Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

एलिनाको डिभोर्सपछि रचना : दिदी मुखले मात्रै होइन, मनबाट हाँसेको हेर्ने आशा छ

३० माघ २०८१, बुधबार ०७:४७

काठमाडौँ। गायिका रचना रिमालले अर्की गायिका एलिना चौहानलाई नयाँ जीवनको शुभकामना दिएकी छन् । अब एलिना मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउने कामना गर्दै रचनाले खुसी आफैँले स्थापित गर्नुपर्ने पनि बताएकी छन् ।

रचना रिमालले एलिना चौहानलाई साथ दिँदै लेखेकी भावुक सन्देश : रचनाले लेखेकी छन्, “प्रिय दिदि एलिना, हाम्रो चिनजान त हामी साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामी थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामीले सुरुवाती चरणमै केही साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामी दिदी-बहिनी बीच एक अटुट सम्बन्ध बनिसकेको रहेछ।

“रचनाले थप भनिन्, “हुन त झट्ट हेर्दा अरुको नजरमा हामी बीच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ, तर हामी बीचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केही सीमित व्यक्तिले नखोजेका भने होइनन्।”
एलिनाको विवाहको समयमा रचनाले आफ्नो खुशी र समर्थन पनि व्यक्त गरिन्। उनले भने, “दिदिको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउनु पर्छ अरु थाहा छैन’ भनेर तपाईंले खबर गरेदेखि म आफैमा एउटा छुट्टै खुशी थियो, उमङ्ग थियो। बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिए, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो।”

रचनाले एलिनाको विवाह पश्चात् जीवनका संघर्ष र पीडामा पनि साथ दिनु भएको कुरा उल्लेख गर्दै, “तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है, यहाँ मिलेर काम गर्नुपर्छ’ भनेर मैले धेरै पटक आग्रह गरेँकी थिए।”

अन्त्यमा रचनाले एलिनालाई आत्मबल र खुशीयालीको शुभकामना दिँदै भने, “दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरु खुशी आउँदै, जाँदै गर्छन् तर मनको खुशी आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु।

प्रतिक्रिया दिनुहोस्