Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

एलिनाको डिभोर्सपछि रचना : दिदी मुखले मात्रै होइन, मनबाट हाँसेको हेर्ने आशा छ

३० माघ २०८१, बुधबार ०७:४७

काठमाडौँ। गायिका रचना रिमालले अर्की गायिका एलिना चौहानलाई नयाँ जीवनको शुभकामना दिएकी छन् । अब एलिना मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउने कामना गर्दै रचनाले खुसी आफैँले स्थापित गर्नुपर्ने पनि बताएकी छन् ।

रचना रिमालले एलिना चौहानलाई साथ दिँदै लेखेकी भावुक सन्देश : रचनाले लेखेकी छन्, “प्रिय दिदि एलिना, हाम्रो चिनजान त हामी साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामी थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामीले सुरुवाती चरणमै केही साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामी दिदी-बहिनी बीच एक अटुट सम्बन्ध बनिसकेको रहेछ।

“रचनाले थप भनिन्, “हुन त झट्ट हेर्दा अरुको नजरमा हामी बीच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ, तर हामी बीचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केही सीमित व्यक्तिले नखोजेका भने होइनन्।”
एलिनाको विवाहको समयमा रचनाले आफ्नो खुशी र समर्थन पनि व्यक्त गरिन्। उनले भने, “दिदिको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउनु पर्छ अरु थाहा छैन’ भनेर तपाईंले खबर गरेदेखि म आफैमा एउटा छुट्टै खुशी थियो, उमङ्ग थियो। बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिए, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो।”

रचनाले एलिनाको विवाह पश्चात् जीवनका संघर्ष र पीडामा पनि साथ दिनु भएको कुरा उल्लेख गर्दै, “तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है, यहाँ मिलेर काम गर्नुपर्छ’ भनेर मैले धेरै पटक आग्रह गरेँकी थिए।”

अन्त्यमा रचनाले एलिनालाई आत्मबल र खुशीयालीको शुभकामना दिँदै भने, “दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरु खुशी आउँदै, जाँदै गर्छन् तर मनको खुशी आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु।

प्रतिक्रिया दिनुहोस्