Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

हास्य टेलिश्रृंखला मेरीबास्सैमा फर्किए धुर्मुस

१ फाल्गुन २०८१, बिहीबार ०७:४५

१ फागुन,काठमाडौँ। हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका छन्।

उनले निभाएका भूमिकामा विविधता भए पनि  हास्य टेलिश्रृंखला मेरी बास्सैमा सीतारामले गरेको धुर्मुसको क्यारेक्टर दर्शकले सर्वाधिक रुचाए ।

कट्टेल ‘मेरि बास्सै’ बाटै उदाएका कलाकार हुन्। यसै टेलिसिरियलबाट उनी धुर्मुस क्यारेक्टरबाट चिनिएका हुन्। सीताराम आगामी साताको एपिसोडमा देखिनेछन्।  आफू ६ वर्षपछि ‘मेरि बास्सै’ मा देखिन लागेको धुर्मुस स्वयमले जानकारी दिएका हुन्। सुटिङको तस्विरहरु राख्दै उनले खुसी व्यक्त गरेका छन्। तस्विरमा उनलाई धुर्मुसकै लुकमा देख्न सकिन्छ।

सिरियलमा सीतारामले धुर्मुसकै गेटअपमा अभिनय गरेका हुन्। उनी सिरियलमा नियमित देखिन लागेका भने होइनन्। आफू अभिनीत फिल्म ‘लाज शरणम्’ को प्रचारका लागि धुर्मुस ‘मेरी बास्सै’ मा पुगेका हुन्।

यो एपिसोड प्रसारण हुन बाँकी छ। सीताराम ‘मेरी बास्सै’ बाटै धुर्मुसको रूपमा दर्शकमाझ परिचित बन्न पुगेका थिए। उनले अभिनय गरेको फिल्म ‘लाज शरणम्’ फागुन १४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्