Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

हास्य टेलिश्रृंखला मेरीबास्सैमा फर्किए धुर्मुस

१ फाल्गुन २०८१, बिहीबार ०७:४५

१ फागुन,काठमाडौँ। हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका छन्।

उनले निभाएका भूमिकामा विविधता भए पनि  हास्य टेलिश्रृंखला मेरी बास्सैमा सीतारामले गरेको धुर्मुसको क्यारेक्टर दर्शकले सर्वाधिक रुचाए ।

कट्टेल ‘मेरि बास्सै’ बाटै उदाएका कलाकार हुन्। यसै टेलिसिरियलबाट उनी धुर्मुस क्यारेक्टरबाट चिनिएका हुन्। सीताराम आगामी साताको एपिसोडमा देखिनेछन्।  आफू ६ वर्षपछि ‘मेरि बास्सै’ मा देखिन लागेको धुर्मुस स्वयमले जानकारी दिएका हुन्। सुटिङको तस्विरहरु राख्दै उनले खुसी व्यक्त गरेका छन्। तस्विरमा उनलाई धुर्मुसकै लुकमा देख्न सकिन्छ।

सिरियलमा सीतारामले धुर्मुसकै गेटअपमा अभिनय गरेका हुन्। उनी सिरियलमा नियमित देखिन लागेका भने होइनन्। आफू अभिनीत फिल्म ‘लाज शरणम्’ को प्रचारका लागि धुर्मुस ‘मेरी बास्सै’ मा पुगेका हुन्।

यो एपिसोड प्रसारण हुन बाँकी छ। सीताराम ‘मेरी बास्सै’ बाटै धुर्मुसको रूपमा दर्शकमाझ परिचित बन्न पुगेका थिए। उनले अभिनय गरेको फिल्म ‘लाज शरणम्’ फागुन १४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्