Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
विज्ञान र प्रविधि

डिशहोमको ‘समर स्पिड’ अफर सार्वजनिक

१ फाल्गुन २०८१, बिहीबार ११:३७

काठमाडौं। डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘समर स्पिड’ अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस का वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ–जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ।

यस अफरका अनुसार, डिशहोम इन्टरनेटको १०० एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य रु ८ हजार ५ सय, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको रु ११ हजार ५ सय र ३०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु १३ हजार ५ सय रहेको छ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ

प्रतिक्रिया दिनुहोस्