Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

काठमाण्डाै महानगरले २ हजार ५०० भन्दा धेरै सडक र गल्लीको ‘जीआईएस’ नक्शाङ्कन गर्दै

५ फाल्गुन २०८१, सोमबार १०:५०

काठमाडौं। काठमाडौँ महानगरपालिकाले २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन गरेको छ ।

सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न जीआईएस काम सुरु गरेको हो ।

९ पुस देखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम सुरु गरेको हो । नक्सांकनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धीलाई थप गर्दै लगिने महानगरले जनाएको छ । कार्यक्रमलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यले सहरी व्यवस्थापन विभागले आइतबार वडाध्यक्ष, विभागीय प्रमुख र इञ्जिनियरहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

त्यस क्रममा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘यसअघि नक्सा बनाउँदाको अवस्था र आवश्यकता फेरिएर सहरले अहिले फरक अवस्था धारण गरेको छ । त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्नेछ । यसका लागि काम थालिएको हो ।’

विसं २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्साङ्न अवस्थालाई अद्यावधिक गरिएको इञ्जिनियर श्रेष्ठले जनकारी दिए । ‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थिया’, श्रेष्ठले भने, ‘सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ ।’

यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्यांक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्