Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

काठमाण्डाै महानगरले २ हजार ५०० भन्दा धेरै सडक र गल्लीको ‘जीआईएस’ नक्शाङ्कन गर्दै

५ फाल्गुन २०८१, सोमबार १०:५०

काठमाडौं। काठमाडौँ महानगरपालिकाले २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन गरेको छ ।

सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न जीआईएस काम सुरु गरेको हो ।

९ पुस देखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम सुरु गरेको हो । नक्सांकनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धीलाई थप गर्दै लगिने महानगरले जनाएको छ । कार्यक्रमलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यले सहरी व्यवस्थापन विभागले आइतबार वडाध्यक्ष, विभागीय प्रमुख र इञ्जिनियरहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

त्यस क्रममा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘यसअघि नक्सा बनाउँदाको अवस्था र आवश्यकता फेरिएर सहरले अहिले फरक अवस्था धारण गरेको छ । त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्नेछ । यसका लागि काम थालिएको हो ।’

विसं २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्साङ्न अवस्थालाई अद्यावधिक गरिएको इञ्जिनियर श्रेष्ठले जनकारी दिए । ‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थिया’, श्रेष्ठले भने, ‘सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ ।’

यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्यांक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्