Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
विज्ञान र प्रविधि

स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

५ फाल्गुन २०८१, सोमबार ११:१९

काठमाडौं। ट्रायम्फ मोटरसाइकलले नेपालमा स्क्र्याम्बलर ४००एक्स को नयाँ पर्ल ह्वाइट भेरिएन्ट सार्वजनिक गरेको छ। ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बाइक फेस्ट २०२५ को अवसरमा यसको भव्य अनावरण गरे।

नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकलले हालै स्क्र्याम्बलर ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक गरेको छ । बाइक फेस्ट २०२५ को अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ स्क्र्याम्बलर ४००एक्स पर्ल ह्वाइट सार्वजनिक गरेका हुन् ।

ट्रायम्फ मोटरसाइकल २०२४ को नाडा अटो शोबाट स्क्र्याम्बलर ४००एक्स र स्पिड ४०० गरी दुई मोडल सार्वजनिक गरी नेपाली बजारमा प्रवेश गरेको थियो ।

नेपालमा ट्रायम्फ मोटरसाइकलहरू प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले, कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको छ। यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

लन्च कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले स्क्र्याम्बलर ४००एक्स नेपालका बाइक प्रेमीहरूको मन जित्न सफल भइसकेको दाबी गरे। नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउने उनको भनाइ छ।

नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्