Trending
सल्यानमा प्रथम बागचौर फुटबल गोल्ड कप २०८३ आयोजना हुँदै     |     चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |    
विज्ञान र प्रविधि

स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

५ फाल्गुन २०८१, सोमबार ११:१९

काठमाडौं। ट्रायम्फ मोटरसाइकलले नेपालमा स्क्र्याम्बलर ४००एक्स को नयाँ पर्ल ह्वाइट भेरिएन्ट सार्वजनिक गरेको छ। ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बाइक फेस्ट २०२५ को अवसरमा यसको भव्य अनावरण गरे।

नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकलले हालै स्क्र्याम्बलर ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक गरेको छ । बाइक फेस्ट २०२५ को अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ स्क्र्याम्बलर ४००एक्स पर्ल ह्वाइट सार्वजनिक गरेका हुन् ।

ट्रायम्फ मोटरसाइकल २०२४ को नाडा अटो शोबाट स्क्र्याम्बलर ४००एक्स र स्पिड ४०० गरी दुई मोडल सार्वजनिक गरी नेपाली बजारमा प्रवेश गरेको थियो ।

नेपालमा ट्रायम्फ मोटरसाइकलहरू प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले, कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको छ। यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

लन्च कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले स्क्र्याम्बलर ४००एक्स नेपालका बाइक प्रेमीहरूको मन जित्न सफल भइसकेको दाबी गरे। नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउने उनको भनाइ छ।

नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्