Trending
‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने विश्वास       |     टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरूको परीक्षा र एलेक्स पात्रको नयाँ परिचय     |     सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम     |     राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट     |     ‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने     |     तेवान्दो टोली चीन जाने     |     भिभो वाई २९ नेपालमा सार्वजनिक     |     चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न     |     राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन     |    
समाचार

गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार

६ फाल्गुन २०८१, मंगलवार ०९:१०

६ फागुन, काठमाडौँ। नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो ।

समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्काे क्रान्तिकारी बाटो अपनाइन्छ । छिटो नतिजा प्राप्त गर्ने भनेको आन्दोलन र विद्रोह नै हो । २००७ सालमा प्रजातन्त्र नआएको भए विसं २०६२/६३ मा गणतन्त्र सम्भव थिएन । दुवै घटना एक–अर्कासँग सम्बन्धित छन् ।

२०४६ सालमा बहुदलीय व्यवस्था र विसं २०६२/६३ को आन्दोलन र सङ्घर्षको उपलब्धिका रुपमा गणतान्त्रिक व्यवस्थासहितको संविधान जारी भएको छ । त्यसबाट उन्नत लोकतान्त्रिक शासन व्यवस्था भनेको गणतन्त्र नै भएको मान्यता स्थापित भएको छ । त्यसबेला राज्यसत्ता नागरिकका लागि केन्द्रीकृत गर्ने खालको थियो ।

प्रजातन्त्र भनेको व्यक्तिलाई स्वतन्त्र बनाउने र सार्वभौम अधिकारको रक्षा गर्ने हुनुपर्छ । लोकतन्त्रमा मानव अधिकारको रक्षा हुनुपर्छ । त्यो सांस्कृतिक र सामाजिक अधिकारसँग जोडिएको हुन्छ । राजनीतिक रुपमा मानिसको अधिकारलाई केन्द्रमा राखियता पनि आर्थिक विकास र सांस्कृतिक अधिकार स्थापनाको विषयलाई उत्तिकै महत्व दिनुपर्छ ।

अहिले अभ्यास गरेको गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवेश विन्दु २००७ सालको क्रान्ति नै हो । प्रजातन्त्रभन्दा लोकतन्त्र अलि उन्नत अवधारणा हो । लोकतन्त्रमा जनताले विधि, पद्धति र प्रक्रियाका आधारमा र शासनबाट चलाउनुपर्छ भन्ने मान्यता राखिन्छ । २००७ सालमा प्रजातन्त्र आउनु भनेको त्यस बेलाको चेतना र समाजको राम्रै विद्रोह थियो ।

सही सूचना सम्प्रेषणमा राससले नेतृत्वदायी भूमिका छ । जहाँसम्म सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिले पछिल्लो समय समाचार प्राप्तिमा समस्या नभए पनि जनताका अधिकार रक्षा गर्ने र समाज रुपान्तरणका लागि सही समाचार सम्पे्रेषणको चुनौती भने कायमै छ । सूचना र समाचारको शक्ति ठूलो हुन्छ । सञ्चारमाध्यम सधैँ जनता र लोकतन्त्रको पक्षमा हुन्छन् भन्ने विश्वास गरिन्छ । सत्य, तथ्य र सही सूचना सम्प्रेषणमा राससले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

सरकार र पार्टीभन्दा राज्य र संविधानमा लिपिबद्ध भएका जनताका अधिकारसँग समाचार नजिक हुनपर्छ । समावेशीका मुद्दालाई प्राथमिकता दिनुपर्छ । यहाँबाट सम्प्रेषण हुने विषयवस्तुमा समावेशिता हुनुपर्छ । महिला, पछिपरेका समुदाय, मधेस, दलित र जनजाति समुदायका सवालसँग जोडिएका विषयवस्तुलाई आवश्यक स्थान र प्राथमिकता दिने सवालमा रासस नमूना बन्नुपर्छ ।

त्यसमा विवेक प्रयोग हुनुपर्छ । वर्तमान र संविधानप्रति उठेको गलत भाष्यलाई चिर्न सक्नुपर्छ । राससले समाचारको विश्वसनीयता जोगाउँदै राज्यको भरपर्दाे निकायका रुपमा स्थापित हुँदैजाओस् । रासस

प्रतिक्रिया दिनुहोस्