Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित

२ चैत्र २०८२, सोमबार १९:०५

काठमाडौं। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित भएका छन्।

उपभोक्ता अधिकार संरक्षण, जनचेतना अभिवृद्धि तथा सार्वजनिक सरोकारका विषयमा सञ्चारमाध्यममार्फत पुर्‍याएको योगदानको कदर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनलाई सम्मान गरेको हो।

४२औँ विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पत्रकार प्रेम प्रसाद पाैडेललाई प्रशंसापत्र प्रदान गरे।

कार्यक्रममा मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटी, विभागका महानिर्देशक रोशन ज्ञवाली, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उपभोक्ता अधिकारको संरक्षण, सम्बर्द्धन तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यममार्फत योगदान पुर्‍याएको भन्दै आयोजकले उनलाई सम्मान गरेको जनाएको छ।

कार्यक्रममा उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय अन्य उपभोक्ता अधिकारकर्मी तथा सञ्चारमाध्यममार्फत यस विषयमा योगदान पुर्‍याएका अन्य सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्