Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित

१९ चैत्र २०८२, बिहीबार १२:०४

जुम्ला। कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ।

जुम्लामा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा प्राप्त भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई The Council of Gen Z का संयोजक प्रकाश खड्काले लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।

पातारासी गाउँपालिका–३, लोठचौरमा रहेको ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफलको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराउनुभएको हो।

उक्त कार्यक्रममा जुम्ला जिल्लाका खेलकुद प्रमुख कबिदत्त न्यौपाने लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। विशेष कुरा के छ भने, यो परियोजना २०७५ सालदेखि नै रोकिएको अवस्थामा थियो। तर, प्रकाश खड्काले यसको पहल अघि बढाएपछि मात्र प्रक्रिया सक्रिय भई अन्ततः सफलतामा पुगेको हो।

खड्काको सक्रियता र समन्वयका कारण लामो समयदेखि रोकिएको योजना पुनः जीवित भई कार्यान्वयनको चरणमा पुगेको छ। यससँगै कर्णाली क्षेत्रमा उच्चस्तरीय खेल प्रशिक्षण केन्द्र स्थापना हुने बाटो खुलेको छ, जसले स्थानीय मात्र नभइ राष्ट्रिय खेलाडीहरूको क्षमता विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्