Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
कला र मनोरन्जन

अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक

६ चैत्र २०८२, शुक्रबार १९:०२

काठमाडौँ। प्रवासमा रहेर नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय सर्जक बिन्दु पौडेलले नयाँ गीत सार्वजनिक गरेकी छन्।

लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी उनले त्यहीँबाट नेपाली संगीतलाई निरन्तरता दिँदै आएकी छन्। यसैक्रममा उनले ‘जिन्दगी के छ र’ बोलको नयाँ गीत यस साता बजारमा ल्याएकी हुन्।

अष्ट्रेलियामा ‘दिदीबहिनी इभेन्ट्स’ की प्रमुखका रूपमा चिनिने बिन्दु पौडेलले नेपालबाट कलाकारहरू ल्याएर विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएकी छन्। यसमार्फत उनले प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन्।

उनको नयाँ गीतमा गायक शिब हमालले स्वरमा साथ दिएका छन्। गीतको भिडियोमा स्वयं बिन्दु पौडेल र कलाकार सागर लम्साल (बले) को अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्टले गरेका हुन्।

समग्रमा, ‘जिन्दगी के छ र’ गीतले प्रवासमा बसेर पनि नेपाली संगीतप्रति समर्पित बिन्दु पौडेलको सक्रियता र सिर्जनशीलतालाई झल्काएको छ।

प्रतिक्रिया दिनुहोस्