Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता

१९ चैत्र २०८२, बिहीबार १३:३८

काठमाडौँ। बाल साहित्य महोत्सवको अवसरमा बुढानीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सम्पन्न एकल गायन प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुलका शुभन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

उक्त प्रतियोगितामा भण्डारीले आफ्नो स्वरमार्फत अद्भुत कला प्रस्तुत गरेर पाँच हजार नगद पुरस्कारसहित प्रशंसापत्र तथा ट्रफी पाएका थिए ।

प्रमुख अतिथिका रूपमा नगर प्रमुख मिठाराम अधिकारी तथा विशिष्ट अतिथिका रूपमा गायिका कुन्ति मोक्तानको गरिमामय उपस्थिति रहेको सो कार्यक्रममा ४२ विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्दै भण्डारीले सान्त्वना पुरस्कार पाएका थिए।

सानैदेखि गायनमा रुचि राख्ने शुभनको गायन कलालाई अझै उत्कृष्ट बनाउनका लागि विद्यालयले खेलेको भूमिकाप्रति आफू सदैव कृतज्ञ रहेको कुरा उनले व्यक्त गरेका छन् ।

शुभनलाई प्रशिक्षण गर्नुहुने सङ्गीत शिक्षक बलराम समाल, अतिरिक्त संयोजक शुकमान लामा , विद्यालय संयोजक लक्ष्मण तितुङलगायतलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले पनि शुभनलाई सम्मान गरेको छ ।

यस्ता प्रकारका कार्यक्रमहरूले बालप्रतिभाहरूको क्षमता उजागर गर्दै उनीहरूलाई प्रोत्साहन दिने भएकाले विद्यालयका संस्थापक अध्यक्ष शङ्करदास श्रेष्ठ , संस्थापक प्राचार्य महेश कुमार श्रेष्ठ र प्रशासकीय अधिकृत दिनेश श्रेष्ठले आयोजकप्रति धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस्