Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती

१५ फाल्गुन २०८२, शुक्रबार ०९:४०

दाङ। आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले दाङको तुल्सीपुर क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।

निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले बख्तरबन्द गाडीसहित रातदिन नियमित गस्ती सञ्चालन गरिरहेको छ। सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको सेनाले जनाएको छ।

सुरक्षा निकायका अनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबीच समन्वयात्मक रूपमा सुरक्षा योजना लागू गरिएको छ।

स्थानीयवासीहरूले सेनाको सक्रिय उपस्थितिले निर्वाचन वातावरण सुरक्षित र विश्वसनीय बनेको बताएका छन्। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्