Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

सिबिफिन र काठमाडौं फिनटेकबीच रणनीतिक सम्झौता

३ चैत्र २०८१, आईतवार १०:५५

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

सिबिफिन कार्यालयमा भएको उक्त सम्झौतामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षरपछि बोल्दै सिबिफिनका महानिर्देशक रोशन कोइरालाले काठमाडौं फिनटेकसँगको यो महत्त्वपूर्ण सहकार्य नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी बनाउनका लागि कोसेढुंगा सावित हुने बताए ।

‘नेपालको बैंकिङ क्षेत्रको गुणात्मक सुधार, विकास एवं विस्तारमा अविछिन्न क्रियाशील सीबीफिनसँगको यस रणनीतिक साझेदारीमा संलग्न हुन पाउँदा उत्साहित छौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरूका सञ्चालक समिति सदस्यहरू र लब्धप्रतिष्ठित बैंकिङ नेतृत्वकर्ताहरूलाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेकसम्बन्धी विश्वस्तरीय ज्ञान प्रदान गर्ने अवसर पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो,’ काठमाडौं फिनटेकका संस्थापक सुब्बाले भने, ‘यो सहकार्यले डिजिटल बैंकिङ, प्रविधि–सञ्चालित नवप्रवर्तन र समग्र वित्तीय सेवाहरूको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यका लागि नवीनतम प्रविधि, नीति, अभ्यास, नियमन, सुशासन, अनुपालना, रणनीतिक वित्तीय व्यवस्थापन, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधि एवं फिनटेक अपनाउने प्रक्रिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम तथा प्रशिक्षण कार्यक्रम र उच्चस्तरीय सम्मेलन आयोजना गर्ने, रणनीतिक नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धिका विशेष तालिम संचालन गर्ने, सामाजिक एवं आर्थिक रुपान्तरणका लागि बैंकिङ पहुँच एवं समावेशी वित्तीय साक्षरता प्रवर्द्धन, नैतिक बैंकिङ अभ्यास, तथा सुशासन अभिवृद्धि गर्ने परियोजनाहरू सञ्चालन गर्ने कार्यमा सहकार्य गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्