Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि सम्पन्न

१३ बैशाख २०८२, शनिबार ०९:५३

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको आज टेकु दोभानस्थित चिन्तामणिघाटमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

धर्मपत्नी तेज माया डङ्गोल र भाई बलराम डङ्गोलले दागबत्ती दिएकी हुन्। अन्त्येष्टिमा कांग्रेस नेता, कार्यकर्ता, आफन्तजन र शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो।

काठमाडौँ नगर पञ्चायतका पूर्वउपप्रमुख रहेका डङ्गोलको लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौला रोगको उपचारकै क्रममा गए राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो।

नेपाली राजनीतिमा जुझारू नेताको रुपमा परिचित डङ्गोलले २०६२/६३ सालको प्रतिगमनविरुद्धको काठमाडौँ आन्दोलनको नेतृत्व गरेका थिए। उन २०५६ र २०६५ सालमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएको थियो।

अन्त्येष्टिपूर्व उहाँको पार्थिव शरीर सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो। त्यस अवसरमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराला, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्