Trending
चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र     |     निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता     |     पुस्तकालय निर्माणका लागि ‘घाटगाउँ’ पुस्तक विमोचन     |     सरकारी कामकाजमा मातृभाषा :दुई वर्षपछि पनि कार्यान्वयन अन्योल     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु     |     कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव     |     इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह     |     सुनचाँदीको मूल्य हालसम्मकै उच्च     |     थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु     |     सुन र चाँदीको मूल्य हालसम्मकै उच्च     |    
समाचार

कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि सम्पन्न

१३ बैशाख २०८२, शनिबार ०९:५३

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको आज टेकु दोभानस्थित चिन्तामणिघाटमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

धर्मपत्नी तेज माया डङ्गोल र भाई बलराम डङ्गोलले दागबत्ती दिएकी हुन्। अन्त्येष्टिमा कांग्रेस नेता, कार्यकर्ता, आफन्तजन र शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो।

काठमाडौँ नगर पञ्चायतका पूर्वउपप्रमुख रहेका डङ्गोलको लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौला रोगको उपचारकै क्रममा गए राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो।

नेपाली राजनीतिमा जुझारू नेताको रुपमा परिचित डङ्गोलले २०६२/६३ सालको प्रतिगमनविरुद्धको काठमाडौँ आन्दोलनको नेतृत्व गरेका थिए। उन २०५६ र २०६५ सालमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएको थियो।

अन्त्येष्टिपूर्व उहाँको पार्थिव शरीर सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो। त्यस अवसरमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराला, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्