Trending
मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |     एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति     |     डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक     |     पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता     |     प्रताप दास र अन्नु चौधरीको गीतमा जापानका मोडल शिरीषको अभिनय     |     कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली     |     सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे     |    
समाचार

खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा

२३ असार २०८२, सोमबार १८:४३

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै २५ असार (बुधबार)देखी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) घेराउ गर्दैछ ।

संघको आज बसेको बैठकले खानेपानी लिमिटेडको कार्यालय घेरा उगर्दै धर्ना दिने निर्णय गरेको हो । खानेपानीको माग गर्दै सुकुम्बासी संघले खानेपानी कार्यालयमा ध्यानाकर्षण पत्रको कुनै सुनुवाई नभएपछि अब सो कार्यालयमा अनिश्चितकालिन धर्ना तथा विरोधका कार्यक्रम गर्ने निर्णय भएको हो ।

‘आजको २१औं शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध यही असार २५ गतेदेखि उपत्यका खानेपानी लिमिटेडमा अनिश्चितकालिन धर्ना तथा विरोधको कार्यक्रम गर्ने निर्णय भएको छ,’ संघको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

सुकुम्बासी बस्तीमा खानेपानी उपलब्ध गराउन गत जेष्ठ २६ गते काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै किसिमको सुनुवाई नभएपछि बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् ।

खानेपानी कार्यालयमा अनिश्चितकालिन धर्ना तथा विरोधका कार्यक्रम गर्नका लागि संघले कालबहादुर विकको संयोजकत्वमा आन्दोलन परिचालन एवं संघर्ष समिति गठन गरेको छ । समितिको सचिवालय सदस्यहरुमा अमर लिम्बु, एमडी सतार, बिन्दा कोटल, रन्जु कुमारी शाह, उपेन्द्र शाह, देवेन्द्र ठाकुर, देव कुमारी साह र सुरेश शाह रहेका छन् ।

यस्तै, समितिको सदस्यहरुमा सीमा जयसवाल भाईकाजी सापकोटा, मिनादेवी शाह, आर्या पाण्डे, बिरवला यादव, योगेन्द्र साह, रामनारायण शाह, इन्द्र शाह, उमेश शाह, रामकिशोर, चन्द्रिका शाह, दिनकर शाह, लखिन्द्र शाह, रामसुन्दर शाह, शान्ता थापा मगर, विकास श्रेष्ठ, हरि सुवेदी, लक्ष्मी बुढाथोकी, मीना तामाङ, अमर बर्दिवा, सुनिता परिवार, महेश चौधरी, किष्ण सापकोटा, प्रतिक्षा चौधरी, धिरेन्द्र चौधरी र श्याम तामाङ लगायतका रहेका छन् ।

‘हामी सुकुम्बासीहरु एक होऔं, सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर, भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जाको व्यवस्था गर, विभेदकारी विद्युत महसुल दर खारेज गर, जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर, गरिब दलितलाई आवासको व्यवस्था गर, आम सुकुम्बासी संघर्ष समिति – जिन्दावाद, आम जनता जिन्दावाद – जिन्दावाद, आम जनता पार्टी – जिन्दावाद,’ लगायतका नारा बैठकले तय गरेको छ ।

यस्तै सुकुम्बासीहरुसंग विद्युत प्राधिकरणले लिइरहेको विभेदपूर्ण महसुल दरको विरुद्ध सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै विरोधको कार्यक्रमहरू अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । यसका साथै भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई समयमै जग्गा धनी दर्ता प्रमाण (लाल पूर्जा) उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्