Trending
लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |     चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक     |     विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित     |     रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट     |     ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन     |     मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने     |     दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल     |    
समाचार

कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित

२३ कार्तिक २०८३, आईतवार २०:४८

काठमाडौँ। कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाएको छ।

गोकर्णेश्वर नगरपालिका–६ स्थित भैरव अर्याल स्मृति भवनको सभाहलमा आयोजित समारोहमा विभिन्न विधाका साहित्यकार तथा सर्जकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो।

समारोहका प्रमुख अतिथि प्रा. डा. जयराज आचार्य र विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले प्रा. डा. महादेव अवस्थीलाई ‘कल्पतरु–महाकवि देवकोटा प्रज्ञा पुरस्कार’ प्रदान गरे। यस्तै, वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई ‘कल्पतरु सर्वोत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ।

यसैगरी, खेमराज पोखरेललाई अन्तर्राष्ट्रिय साहित्य सम्मान र सीता पाण्डेलाई नारी साहित्य सम्मान प्रदान गरिएको छ।

कल्पतरु द्वैमासिकमा वर्षभरि प्रकाशित अङ्कमध्ये उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने सर्जक तथा साहित्यकारहरू हरिभक्त सिग्देल, दिलिप अर्याल, विसु कुमार केसी र शारदा देवकोटालाई पनि सम्मान गरिएको छ।

पत्रिकामा वर्षभरि प्रकाशित सामग्रीको समीक्षा गरी सिर्जनाको मूल्याङ्कनमा योगदान पुर्‍याउने समीक्षकहरू शशी आचार्य, कालिकाप्रसाद तिमिल्सिना, मेनका आचार्य र बुद्धिराज पाण्डे पनि सम्मानित भएका छन्।

कार्यक्रममा प्रा. डा. जयराज आचार्य, प्रा. डा. महादेव अवस्थी, नगरप्रमुख दीपककुमार रिसाल र गोविन्द घिमिरे ‘वेदमणि’ले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्दै मन्तव्य व्यक्त गरेका थिए।

पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूको परिचयात्मक मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष डा. विदला घिमिरेले प्रस्तुत गरेकी थिइन्। यसैगरी, कल्पतरु द्वैमासिकको २५औँ वर्ष प्रवेशका सन्दर्भमा पत्रिकाका संस्थापक कार्यकारी सम्पादक गोकुल अधिकारीले मन्तव्य राखेका थिए।

साहित्यकार देविका तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुमन पुडासैनीले धन्यवाद ज्ञापन गरेका थिए। प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ‘ज्योत्सना’को सभापतित्वमा सम्पन्न समारोह अध्यक्षको मन्तव्यसहित समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्