Trending
सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |    
समाचार

जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात

२३ असार २०८२, सोमबार २०:१०

जाजरकोट। जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै आक्रमण भएको छ। आइतवार कार्यालय समयमै अज्ञात समूहले कार्यालयभित्र पसेर उनलाई कुटपिट गरेको हो।

शाहका अनुसार, उनी सामान्य प्रशासनिक फाइलहरू हेर्दै गरेका बेला ३–४ जनाको समूह एक्कासी कार्यकक्षमा पसेर दुर्व्यवहार गर्दै हातपातमा उत्रिएको थियो। ‘अचानक आक्रोशित शैलीमा चिच्याउँदै कोठामा छिरेर मलाई धकेल्दै कुट्न थाले,’ शाहले भने, ‘सरकारी कार्यालयमै यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत गरेको थिइनँ।’

आक्रमणको स्पष्ट कारण नखुले पनि प्रारम्भिक अनुमान अनुसार व्यक्तिगत रिसइवी वा वनसम्बन्धी विवादका कारण घटना भएको हुनसक्ने बताइएको छ। घटनापछि स्थानीय प्रशासन र प्रहरी टोलीले अनुसन्धान थालेको छ।

यो घटनाले सरकारी कर्मचारीहरूको कार्यस्थलमै सुरक्षा चुनौती बढेको देखिएको छ। प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्