Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विपक्षी दलका विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध

२५ असार २०८२, बुधबार १९:५९

जनकपुरधाम। मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठकमा विरोध जनाइरहेका छन् । भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताए । बजेटमा व्याप्त असन्तुष्टीका कारण विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्