Trending
राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |    
समाचार

विपक्षी दलका विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध

२५ असार २०८२, बुधबार १९:५९

जनकपुरधाम। मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठकमा विरोध जनाइरहेका छन् । भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताए । बजेटमा व्याप्त असन्तुष्टीका कारण विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्