Trending
चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |    
समाचार

गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

२५ असार २०८२, बुधबार २१:४४

काठमाडौं। गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले आफ्नो वैधानिक आम्दानीभन्दा धेरै खर्च गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेको हो।

आयोगको अनुसन्धान अनुसार, शर्मा र उनका परिवारले ९ करोड ६६ लाख ८० हजार रुपैयाँभन्दा बढी रकम खर्च तथा लगानी गरेका थिए। तीमध्ये ३ करोड ३९ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरिएको निष्कर्ष निकालिएको छ।

शर्माले आफ्नो नाममा मात्र नभई पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ। २०५४ सालदेखि २०८० सालसम्मको सेवा अवधिमा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आम्दानी, शेयर कारोबार र ऋण फिर्ता लगायत विभिन्न स्रोत देखाए पनि त्यो आम्दानी यथेष्ट प्रमाणित हुन नसकेको आयोगको भनाइ छ।

शर्माले घरजग्गा, गाडी, सुनका गहना, शैक्षिक खर्च तथा अन्य ठूला आर्थिक लेनदेनमा अत्यधिक रकम खर्च गरेको भेटिएको छ। यिनै आधारमा आयोगले शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै गैरकानुनी सम्पत्तिको विवरण स्पष्ट पार्न माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्