Trending
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले     |     डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |    
समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

२६ असार २०८२, बिहीबार १२:०७

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यही जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा कम्पनीले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’२०२५’अवार्ड प्राप्त गरेको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजयकुमार पन्त स्वयं सहभागी भई अवार्ड ग्रहण गरेका थिए । एशिया प्यासिफिक क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको कम्पनीको भनाई छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गर्दै आएको जनाएको छ । कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’जस्ता महत्वपूर्ण अवार्डहरु प्राप्त गरिसकेको छ ।

यस वर्ष प्राप्त दुई विधाका अवार्डले कम्पनीको व्यवसायिक नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचलाई अझ पुष्टि गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो । हामीले हाम्रा ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी अत्यन्त गर्वित भएका छौं ।’

त्यसैगरी, उक्त कार्यक्रममा निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा कम्पनीले पाएको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्