Trending
चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |    
समाचार

कालीकोटमा गोठालो गएका व्यक्तिको भीरबाट लडेर मृत्यु

२६ असार २०८२, बिहीबार २१:३२

कालीकोट। गोठालो गएका एक पुरुषको शव भीरबाट खसेको अवस्थामा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ दाहा विरम्बाडाका ५६ वर्षीय नन्दबहादुर शाहीको बिहीबार दिउँसो शव भेटिएको हो ।

बुधबार बिहान बाख्रा चराउन सिम्लागाडतर्फ गएका शाही बेलुकासम्म घर नफर्किएपछि उनका आफन्तहरूले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा सिम्लागाड पुलमाथिको भीरबाट खसेर खोलामा परेका शाहीको शव फेला परेको हो ।

आफन्त रक्षा शाहीका अनुसार मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शवलाई पोष्टमार्टमका लागि तयारी गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्