Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कालीकोटमा गोठालो गएका व्यक्तिको भीरबाट लडेर मृत्यु

२६ असार २०८२, बिहीबार २१:३२

कालीकोट। गोठालो गएका एक पुरुषको शव भीरबाट खसेको अवस्थामा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ दाहा विरम्बाडाका ५६ वर्षीय नन्दबहादुर शाहीको बिहीबार दिउँसो शव भेटिएको हो ।

बुधबार बिहान बाख्रा चराउन सिम्लागाडतर्फ गएका शाही बेलुकासम्म घर नफर्किएपछि उनका आफन्तहरूले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा सिम्लागाड पुलमाथिको भीरबाट खसेर खोलामा परेका शाहीको शव फेला परेको हो ।

आफन्त रक्षा शाहीका अनुसार मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शवलाई पोष्टमार्टमका लागि तयारी गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्