Trending
चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |    
समाचार

बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

२७ असार २०८२, शुक्रबार १५:१२

सुर्खेत। कालीकोट र बाजुराको सीमामा अवस्थित प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले विगत तीन महिनायता जारी पुनर्निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गरेको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चैत २८ गतेदेखि सुरु भएको पुनर्निर्माण कार्य असार २३ गते सकिएको हो। करिब ४,२२० मिटरको समुद्री सतह उचाइमा अवस्थित यो मन्दिर नेपालको एक प्रमुख धार्मिक गन्तव्य हो। पुनर्निर्माणका क्रममा पनि मन्दिर श्रद्धालुहरूको लागि खुला राखिएको थियो।

पुरातत्व विभागको अनुमोदित डिजाइन र प्रविधिक सहयोगमा, परम्परागत शैलीअनुसार निर्माण सम्पन्न गरिएको हो। यस कार्यमा बाजुराको त्रिवेणी नगरपालिकाले समन्वय गरेको थियो। मन्दिर निर्माणमा भक्तपुर र ललितपुरका कुशल कालीगढहरूको समेत सहयोग लिइएको थियो।

नेपालका चार प्रमुख धार्मिक धाममध्ये बडिमालिका एक महत्वपूर्ण धाम मानिन्छ। प्रत्येक वर्ष हजारौं भक्तजनहरू यहाँ दर्शनका लागि पुग्ने गर्दछन्। यद्यपि, त्रिवेणी पाटनमा कालीकोट र बाजुरा जिल्लाले बनाएको धर्मशालाले तीर्थयात्रीको चाप धान्न नसकिरहेको जनाइएको छ।

स्थानीय तथा प्रदेश सरकारद्वारा दर्शनार्थीहरूको आवास तथा बसोबासको उचित व्यवस्था अझै गरिनु बाँकी रहेको भन्दै सुधारको खाँचो औंल्याइएको छ। प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमस्थल बडिमालिका पर्यटकीय दृष्टिले पनि एक अनुपम गन्तव्य हो।

प्रतिक्रिया दिनुहोस्