Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

२७ असार २०८२, शुक्रबार १५:१२

सुर्खेत। कालीकोट र बाजुराको सीमामा अवस्थित प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले विगत तीन महिनायता जारी पुनर्निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गरेको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चैत २८ गतेदेखि सुरु भएको पुनर्निर्माण कार्य असार २३ गते सकिएको हो। करिब ४,२२० मिटरको समुद्री सतह उचाइमा अवस्थित यो मन्दिर नेपालको एक प्रमुख धार्मिक गन्तव्य हो। पुनर्निर्माणका क्रममा पनि मन्दिर श्रद्धालुहरूको लागि खुला राखिएको थियो।

पुरातत्व विभागको अनुमोदित डिजाइन र प्रविधिक सहयोगमा, परम्परागत शैलीअनुसार निर्माण सम्पन्न गरिएको हो। यस कार्यमा बाजुराको त्रिवेणी नगरपालिकाले समन्वय गरेको थियो। मन्दिर निर्माणमा भक्तपुर र ललितपुरका कुशल कालीगढहरूको समेत सहयोग लिइएको थियो।

नेपालका चार प्रमुख धार्मिक धाममध्ये बडिमालिका एक महत्वपूर्ण धाम मानिन्छ। प्रत्येक वर्ष हजारौं भक्तजनहरू यहाँ दर्शनका लागि पुग्ने गर्दछन्। यद्यपि, त्रिवेणी पाटनमा कालीकोट र बाजुरा जिल्लाले बनाएको धर्मशालाले तीर्थयात्रीको चाप धान्न नसकिरहेको जनाइएको छ।

स्थानीय तथा प्रदेश सरकारद्वारा दर्शनार्थीहरूको आवास तथा बसोबासको उचित व्यवस्था अझै गरिनु बाँकी रहेको भन्दै सुधारको खाँचो औंल्याइएको छ। प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमस्थल बडिमालिका पर्यटकीय दृष्टिले पनि एक अनुपम गन्तव्य हो।

प्रतिक्रिया दिनुहोस्