Trending
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै     |     प्रतिनिधिसभाको बैठक बस्दै     |     आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     भिरबाट लडेर युवकको मृत्यु     |     जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित     |     साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |    
समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ असार २०८२, आईतवार ०६:५१

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्