Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सङ्घीय तथा प्रदेश कार्यालय नसार्न जुम्लावासीको अनुरोध

२९ असार २०८२, आईतवार १७:०६

जुम्ला। लामो समयदेखि जुम्लामा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय प्रदेश राजधानी सुर्खेत नसार्न जुम्लावासीले सरकारसँग अनुरोध गरेका छन् ।

आगामी साउन १ गतेदेखि सो कार्यालय सुर्खेतमा सर्न लागेका सन्दर्भमा स्थानीय पालिकासहित सङ्घसङ्गठनले सो कार्यालयसहित कुनै पनि कार्यालय नसार्न सरकारसँग अनुरोध गरेका हुन् ।

यसै सन्दर्भमा जुम्लामा बसेको सर्वपक्षीय बैठकले कार्यालय सार्ने निर्णय संशोधन गरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लामै यथावत् राख्न सरकारसँग अनुरोध गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार भएकाहरूको बैठकले कार्यालय सार्ने निर्णयबाट जुम्लास्थित घौलिगाड वृहत खानेपानी आयोजनासहित २० भन्दाबढी आयोजना प्रभावित हुने भएकाले सो कार्यालय नसार्न अनुरोध गरिएको स्पष्ट गरे ।

संयोजक आचार्यले दुर्गम तथा पिछडिएको भूगोलसहित सकारात्मक विभेदको सिद्धान्तलाई बेवास्ता गरी सङ्घीयताको मर्म र भावनाविपरीत जुम्लामा रहेका कुनै पनि कार्यालय विस्थापित नगर्न सरकारसँग अनुरोध गरे ।

यसैगरी चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले सङ्घीय सरकारसहित कर्णाली प्रदेश सरकारले पछिल्लो समय एकपछि अर्को गर्दै जुम्लामा रहेका कार्यालयहरू क्रमशः सुर्खेत सार्न लागेकामा दुःख व्यक्त गर्दै जुम्लामा रहेका कुनै पनि सरकारी कार्यालय अन्यत्र नसार्न सरकारसँग अनुरोध गरे ।

आज बसेको सर्वपक्षीय बैठकले स्थानीय जिल्ला प्रशासन कार्यालयमार्फत खानेपानी मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख कठायतले जुम्लावासीको माग सम्बोधन नभएसम्म चरणबद्ध रुपमा विरोधका कार्यक्रम गर्न आफूहरू बाध्य हुने बताए ।

निर्णय सच्याउन माग गर्दै विरोधमा उत्रेका जुम्लावासीले अहिले यहाँस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा ताला लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्