Trending
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |     आजका लागि विदेशी मुद्राको विनिमय दर     |     कर्णाली सरकारको संरचना पुनर्संरचना प्रस्तावले प्रदेशसभामा भूचाल, सत्तापक्षमै विभाजन     |     कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी     |     बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

३१ असार २०८२, मंगलवार ०७:४०

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्