Trending
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |    
समाचार

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

१ श्रावण २०८२, बुधबार १६:२७

वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यो निर्णयसँगै प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरू बन्द रहनेछन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, कर्णाली प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत १७ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको हो।

देउडा कर्णाली क्षेत्रको मौलिक लोकसंस्कृति भएकाले पर्वलाई सम्मान दिन बिदा दिइएको गौतमले जानकारी दिए। देउडा पर्वसँग साउने संक्रान्तिको धार्मिक र सांस्कृतिक महत्व जोडिएकाले कर्णालीमा विशेष उत्सवको रूपमा यो पर्व मनाइन्छ। परम्परागत भाकामा देउडा खेलेर सामाजिक समरसता र पहिचान झल्काउने प्रचलन कर्णालीमा विशेष छ।

यस निर्णयले सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र आम नागरिकलाई पर्व मनाउन सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्