Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

१ श्रावण २०८२, बुधबार १६:२७

वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यो निर्णयसँगै प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरू बन्द रहनेछन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, कर्णाली प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत १७ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको हो।

देउडा कर्णाली क्षेत्रको मौलिक लोकसंस्कृति भएकाले पर्वलाई सम्मान दिन बिदा दिइएको गौतमले जानकारी दिए। देउडा पर्वसँग साउने संक्रान्तिको धार्मिक र सांस्कृतिक महत्व जोडिएकाले कर्णालीमा विशेष उत्सवको रूपमा यो पर्व मनाइन्छ। परम्परागत भाकामा देउडा खेलेर सामाजिक समरसता र पहिचान झल्काउने प्रचलन कर्णालीमा विशेष छ।

यस निर्णयले सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र आम नागरिकलाई पर्व मनाउन सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्