Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश

१ श्रावण २०८२, बुधबार १६:४२

रुकुम पश्चिम। श्रीमतीको निर्मम हत्या अभियोगमा पक्राउ परेका चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रबहादुर बुढाथोकीलाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

साथै मृतकका नाबालक छोराछोरीका लागि सात लाख रुपैयाँ राहत उपलब्ध गराउन समेत अदालतले निर्देशन दिएको छ। मंगलबार जिल्ला अदालत रुकुममा भएको थुनछेक बहसपछि न्यायाधीश रामप्रसाद बस्यालको इजलासले चन्द्रबहादुरलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको हो।

गत असार १७ गते राति घरेलु विवादका क्रममा चन्द्रबहादुरले ३० वर्षीया श्रीमती देविका बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए। घाइते अवस्थामै गम्भीर भएका देविकाको घटनास्थलमै मृत्यु भएको थियो।

देविकाका भाइ गोविन्द खत्रीले प्रहरीमा किटानी जाहेरी दिएपछि घटनाको अनुसन्धान अगाडि बढाइएको हो। प्रारम्भिक अनुसन्धानमा श्रीमान्ले सामान्य विवादका कारण आक्रोशमा आएर धारिलो हतियार प्रयोग गरेको पुष्टि भएको छ।

न्यायाधीश बस्यालको इजलासले चन्द्रबहादुरलाई थुनामा राख्ने मात्र होइन, पीडित राहत कोषबाट मृतकका नाबालक छोराछोरीको पालनपोषण तथा संरक्षणका लागि सात लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति भराइदिन सरकारलाई आदेश दिएको छ।

यो आदेशले नाबालक सन्तानको भविष्यप्रति देखिएको संवेदनशीलता झल्काउँछ। साथै, यस्ता पारिवारिक हिंसाका घटनामा राज्यको जिम्मेवारीको सन्देश पनि दिन्छ। प्रहरीका अनुसार चन्द्रबहादुरमाथि अब हत्या अभियोगमा विस्तृत अनुसन्धान थालिनेछ।

प्रतिक्रिया दिनुहोस्