Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

भिरबाट लडेर एक युवकको मृत्यु

३ श्रावण २०८२, शुक्रबार १२:३३

रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते भएका मल्लको प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएकामा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताए ।

 

प्रतिक्रिया दिनुहोस्