Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल

३ श्रावण २०८२, शुक्रबार २१:३६

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा विधान संशोधन प्रस्तावमा छलफल भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा सम्पन्न भएको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राख्नुभएको छ ।

विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोल्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नुभएको थियो । उहाँले अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माणको काम रहेको बताउनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गर्नुभयो । विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्ष उमेरहद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ ।

त्यसैगरी, विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जनासहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय ५१ रहने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्यूरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

यस्तै, विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यका रूपमा मानिएको थियो । बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । जनसङ्गठनमा आबद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहने छन् ।

यस्तै, पोलिटव्यूरो बैठकमा महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको भन्दै १५ प्रतिशतले पार्टी सङ्गिठत सदस्य बढेको जानकारी गराउनुभएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । “अहिलेको पार्टी सदस्यता, नवीकरण हेर्दा खेरी झण्डै १५ प्रतिशत बढेको भन्ने जानकारी गराउनुभयो, तथ्याङ्क आउने क्रम जारी छ । सबै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौँ”, उहाँले भन्नुभयो ।

बैठक भोलि बिहान ११ः०० बजे पुनः पार्टी कार्यालयमा बस्ने छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्